पूर्वमन्त्रीहरुको निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी, घरेलु कामदारको रुपमा प्रयोग हुँदै

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् ।
यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, भीम रावल, विजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत छन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्य्विधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् ।
केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज