पूर्वमन्त्रीहरुको निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी, घरेलु कामदारको रुपमा प्रयोग हुँदै
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् ।
यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, भीम रावल, विजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत छन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्य्विधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् ।
केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण