परिवारको दबाबमा प्रहरीमा जाहेरी, बलात्कार आरोपमा भारती पक्राउ

तुलसीपुर । अभिभावकको दबाबमा एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर–८ अश्वारा निवासी १८ बर्षका सञ्जिव भारतीलाई पक्राउ गरेको छ ।
युवती र युवकबीच करिब एक बर्षदेखि मायाप्रेम भएपनि अभिभावको दबाबमा करणी सम्बन्धी मुद्दा दर्ता गरिएको हो । युवकलाई तुलसीपुर–९ को मैनाबगरबाट बुधबार साँझ नियन्त्रणमा लिएको थियो ।
‘युवतीले युवकसँगै विहे गरेर बस्ने बताएकी थिइन,’ एक प्रहरीले भने–‘ अभिभावकले जात पनि मिल्दैन यो लोफर छ, तलाई पनि पाल्दैन भन्दै गाली गरेर पिट्ने जस्तो गरे । त्यसपछि केटीलाई सहमति गराएर मुद्दा दर्ता गरे ।’
मुलुकी अपराध संहिता ऐन २०७४ को (१) को जबरजस्तीकरणी गर्न नहुने महलको (३) मा १८ बर्ष मुनीकालाई मञ्जुरीमा शारीरिक सम्पर्क गरेपनि त्यसलाई जबरजस्तीकरणी हुने कानुनी व्यवस्था छ ।
यता, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी हरिहरनाथ योगीले जबरजस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएपछि मात्रै सञ्जिव भारतीलाई पक्राउ गरेको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा