इरानको क्षेप्यास्त्र आक्रमणमा ११ अमेरिकी सेना घाइते
एजेन्सी । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गतहप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।
अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ । अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ ।
इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो । इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ ।
इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । –सिन्ह्वा/Photo: CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण