चर्चित नायिकाकी छोरीले भनिन्, ‘म कार्तिक आर्यनसँग बेड सेयर गर्न सक्छु’
कबिर बेदीकी नातिनी एवं पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले सैफ अली खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।
फिल्मको घोषणा भएलगत्तै उनी विभिन्न कार्यक्रममा पुग्ने गरेकी छिन् ।
हालै उनी जूम टिभीको एक च्याट शोमा पुगेकी थिइन् । यसमा उनले कार्तिक आर्यनबारे विभिन्न सवालको जवाफ दिएकी छिन् । कार्यक्रममा उनलाई यदि अचानक उनको बेडमा कार्तिक आर्यन देखिए भने उनले के गर्लिन् भनेर प्रश्न सोधियो, जवाफमा उनले भनिन्, ‘कार्तिक आर्यनसँग बेड सेयर गर्न मलाई कुनै आपत्ति हुने छैन ।’
यसका साथै उनलाई सारा र कार्तिकको ‘लव आजकल’ को बोल्ड सीनमा उनको के धारणा छ भनेर पनि सोधियो जसमा उनले भनिन्, ‘मैले लभ आजकालको ट्रेलर हेरेकी छु , यदि म यो दृश्यमा भएको भए उक्त दृश्य त्यति नै दमदार हुने गर्दथ्यो । यी दुईले उक्त दृश्यलाई निकै राम्रो बनाएका छन् ।’
यसका साथै उनलाई अनन्या पाण्डेको विषयमा पनि प्रश्न सोधिएको थियो । आफूले अनन्या पाण्डेको तुलनामा नेपोटिजम (भाइ भतिजावाद) बारे अझै राम्रो जवाफ दिन सक्ने बताएकी छिन् । यसबारे उनले भनिन्, ‘जब अनन्यालाई नेपोटिजमबारे प्रश्न सोधिन्छ तब उनी सटिक जवाफ दिन सक्दिनन् । तर यदि मलाई यसबारे प्रश्न सोधिएको खण्डमा म उनले भन्दा सटिक जवाफ दिनसक्छु ।’
बलिउडकी एक चर्चित परिवारको तेस्रो पीढिकी अलाया सेफ अली खानसँग फिल्म जवानी जानेमनमार्फत् डेब्यू गर्न लागेकी हुन् । फिल्ममा यात्रा थालनी गर्नुअघि उनले आफ्नो नाम आलिया इब्राहिम, आलिया फर्निचरवालालाई परिवर्तन गरेर अलाया फर्निचरवाला छानेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण