अब फाँसी पक्का ? निर्भयाका दोषी मुकेशको याचिका सर्वोच्च अदालतद्वारा खारेज
निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ ।
राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ तारिखमा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । दोषी अक्षय ठाकुरले सर्वोच्च अदालतमा क्यूरेटिव पिटिशन दर्ता गरेका थिए । ट्रायल कोर्टले दोस्रो पटक डेथ वारेन्ट जारी गरिसकेको छ । चारैजना दोषीलाई फेब्रुअरी १ मा बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिने निश्चित भएको छ ।
मंगलबार मुकेशकी वकिल अञ्जना प्रकाशले राष्ट्रपति समक्ष सबै दस्तावेज पेश नगरिएकोले दया याचिका खारेज गरिएविरुद्ध सर्वोच्च अदालतले यसबारे विचार गर्नुपर्छ । आफ्नो वकिलमार्फत् मुकेशले आफूमाथि जेलभित्र यौन उत्पीडन भएको र उनका भाइ राम सिंहको हत्या गरिएको बताएका थिए ।
यसबारे बुधबार निर्णय सुनाउँदै सर्वोच्च अदालतले भन्यो, ‘हामीले आफूलाई सन्तुष्ट बनाउनका लागि राष्ट्रपतिलाई पठाइएको सबै दस्तावेज हेर्यौं । गृह मन्त्रालयले सबै दस्तावेज पठाएको थियो । मुकेशको याचिकामा कुनै सकारात्मक पक्ष छैन । जेलमा प्रताडना दयाका लागि कुनै आधार होइन ।’ त्यसपछि मुकेशको याचिका खारेज गरिएको हो ।
निर्णय आएपछि निर्भयाकी आमाले अब आफूले पूर्ण न्याय पाउने कुरामा आशावादी भएको बताइन् । उनले भनिन्, ‘अपराधीले कानूनको दुरुपयोग गरिरहेका छन् । मुकेशको याचिका खारेज भएपछि अब मलाई फेब्रुअरी १ मा दोषीलाई फाँसी दिइने कुरामा आशा लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण