मोबाइल लिएर सुत्ने बानी छ ? सावधान !
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । जुनसुकै बेला पनि हाम्रो साथमा रहने स्मार्टफोन हाम्रो लागि खतरनाक हुन्छ । सँगै एक अनुसन्धानले फोनलाई राती सँगै लिएर सुत्न नहुने निष्कर्ष पनि निकालेको छ ।
चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् । अनुसन्धानकताएहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढि विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।
उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।
इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’
प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण