विद्या र बुद्धि माग्दै सरस्वतीको आराधना (फोटोफिचर)
आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्लपञ्चमीका श्रीपञ्चमी मनाउने गरिन्छ ।
वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रहीआएको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ ।
हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ पुराणमा उल्लेख भएअनुसार माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । यसका लागि स्वयम्भू र पशुपतिको सरस्वती मन्दिरको भित्ताहरुमा साना बालबालिकाहरुलाई लेख्न लगाइन्छ ।
आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता छ ।





तस्विर : सुवास श्रेष्ठ/कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण