भारतीय सर्वोच्च अदालतद्वारा दोषी अक्षयको क्यूरेटिभ पिटिशन खारेज
भारतीय सर्वोच्च अदालतले निर्भयाका दोषी अक्षयको क्यूरेटिभ पिटिशन बिहिबार खारेज गरेको छ । उनले न्यायाधीस एनवी रमनाको अध्यक्षता भएको पाँच न्यायाधीसको बेन्चलाई फाँसीको सजायलाई जन्मकैदमा परिवर्तन गरिदिन माग गरेका थिए । सर्वोच्च अदालतले गत वर्ष डिसेम्बरमा उनको रिभ्यु पिटिशन खारेज गरेको थियो । सर्वोच्च अदालतबाहेक अक्षयले पटियाला हाउस कोर्टसमक्ष पनि फेब्रुअरी १ मा फाँसी रोकिदिन आग्रह गरेका छन् । अदालतले तिहाड जृेल प्रशासनसँग शुक्रबार बिहान १० बजेभित्र स्टेटस रिपोर्ट मागेको छ । अदालतले दोषीको नयाँ डेथ वारेन्ट जारी गर्ने अनुमान गरेको छ ।
व्किल एपी सिंहले अक्षय र विनयको तर्फबाट दायर याचिकामा दिल्ली प्रिजन म्यानुअललाई उद्धृत गरेको छ । अदालतसमक्ष अहिले दोषीसँग दया याचिकासमेत कानूनी विकल्प छ । यस्तोमा डेथ वारेन्टको हिसाबले फेब्रुअरी १ मा फाँसी दिन सकिँदैन ।
दोषी विनयले राष्ट्रपति रामनाथ कोविन्दलाई दया याचिका पठाए । उनको क्यूरेटिभ पिटिशन पहिले नै खारेज भइसकेको छ । राष्ट्रपतिले दोषी मुकेश सिंहको दया याचिका जनवरी १७ मा नै खारेज गरेका थिए । यो निर्णयको न्यायिक समीक्षाका लागि लगाइएको याचिका पनि सर्वोच्च अदालतले अस्विकार गरिसकेको छ । अब मुकेशसँग फाँसीबाट बच्नका लागि कुनै पनि विकल्प बाँकी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण