फोहोरमा भेटिएकी थिइन् मिथुन चक्रवर्तीकी छोरी, धर्मपुत्री बनाए र यसरी हुर्काए
नायक मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती बारे सबैलाई थाहा छ कि उनी मिथुनकी धर्मपुत्री हुन् । तर उनीबारे केही दिन अघि सार्वजनिक भएका केही तथ्यले सबैलाई चकित बनाएको छ । दिशानीलाई फोहोरको थुप्रोमा फ्याँकेको थाहा भएपछि मिथुनले उनलाई पाल्ने सोचेका थिए । मिथुनको यो सोचमा उनकी छोरी योगिताले पनि पूरा साथ दिइन् र दुबैले उनलाई घरमा ल्याए । उनलाई आफ्नै सन्तान जसरी हुर्काए । आज दिशानी किशोरावस्थामा छिन् र निकै स्टालिश पनि ।
बलिउडमा डेब्यूको तयारीमा छिन् दिशानीः
मिथुनकी छोरी दिशानी बलिउडमा डेब्यूको तयारीमा छिन् । मिथुनका तीन छोरा महाक्षय, ऊष्मे, नमाशी चक्रवर्ती छन् ।
स्मरण रहोस्, वर्षौं पहिले मिथुनले एक बंगाली पत्रिकामा बालिकालाई फोहोरको डङ्गुरमा भेटिएको तर उनलाई उठाउन कोही पनि तयार नभएको समाचार पढे । अर्को फलो अप न्यूजमा एक व्यक्तिले ती बालिकालाई उठाएर आफ्नो घर लिएको गएको भन्ने समाचार पनि पढे । उक्त समाचार पढेपनि मिथुनले तुरुन्त ती व्यक्तिसँग सम्पर्क गरेर बालिकालाई पाल्न इच्छुक भएको बताए । बालिकालाई धर्मपुत्रीको रुपमा स्विकार्नका लागि अपनाउनुपर्ने सारा औपचारिकता पूरा गरेपछि उनले ती बालिकालाई घर ल्याए र नाम राखे – दिशानी चक्रवर्ती ।
फिल्मसँग निकै झुकाव छ दिशानीकोः
फिल्मी परिवारमा हुर्किएकी दिशानीलाई फिल्मप्रति निकै झुकाव छ । उनी सलमान खानको निकै ठूलो प्रशंसक हुन् । दिशानी न्यूयोर्क फिल्म एकेडेमीमा एक्टिङको कोर्स गरिरहेकी छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण