नेपालीलाई स्वदेश ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण : संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने
चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए । परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने ।
अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।
नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उउनले बताए ।
‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने ।
मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए । यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण