बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली नामले चर्चित भएका २२ बलिउड सेलिब्रिटीका वास्तविक नाम

आइतबार, ११ भदौ २०७४, १२ : ३९
आइतबार, ११ भदौ २०७४

जुन बलिउड स्टारलाई तपाईं उनीहरुको नामले चिन्नुहुन्छ ती सबैको नाम वास्तविक होइनन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बलिउडका थुप्रै स्टार्स यस्ता छन् जसको नाम नक्कली छ ।

आज हामी तपाईंलाई ती सेलिब्रिटी बारे जानकारी दिँदै छौं जसको डुप्लिकेट नाम बन्यो उनीहरुको वास्तविक पहिचान ।

१. सलमान खानको वास्तविक नाम अब्दुल रशिद सलिम सलमान खान हो ।

२. अमिताभ बच्चनको वास्तविक नाम इंकलाब श्रीवास्तव हो ।

३. यस्तै, अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटियो हो ।

४. बलिउडकी सदाबहार नायिकाको रुपमा चिनिने रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो ।

५. प्रशंसकको मुटुमा राज गर्न सफल अभिनेता रनबीर सिंहको वास्तविक नाम रनबीर भावनानी हो ।

६. डिंपल गर्ल प्रिति जिन्टाको वास्तविक नाम प्रितम सिंह जिन्टा हो ।

७. दिवंगत अभिनेता राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना थियो ।

८. अभिनेता दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो ।

९. अजय देवगनको वास्तविक नाम विशाल देवगन हो ।

१०. अभिनेता जितेन्द्रको वास्तविक नाम रवि कपूर हो ।

११. ज्याकी श्रोफको वास्तविक नाम जयकिशन काकु भाइ हो ।

१२. ऋतिक रोशनको वास्तविक नाम ऋतिक नागराथ हो ।

१३. गोबिन्दाको वास्तविक नाम गोबिन्दा अरुण अहूजा हो ।

१४. कट्रिनाको वास्तविक नाम केट तुर्कोटे हो ।

१५. मल्लिका शेरावतको वास्तविक नाम रिमा लाम्बा हो ।

१६. यस्तै, रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो ।

१७. शाहिद कपूरको वास्तविक नाम शाहिद खट्टर हो ।

१८. सन्नी देओलको वास्तविक नाम अजय सिंह देओल हो ।

१९. बबी देओलको विजय देओल ।

१९. सेफ अली खानको साजिद अली खान हो ।

१९. सन्नी लियोनको वास्तविक नाम करनजीत कौर वोहरा हो ।

२२. जिया खानको वास्तविक नाम नफिसा रिजवी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप