नेपाल लाइफको बीमा शुल्क ७८ प्रतिशतले बढ्यो, सिञ्चित बीमा शुल्क खर्बभन्दा माथि
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्कलाई ७८ प्रतिशतले बढाएको छ । नेपाल लाइफले अघिल्लो वर्षको पुससम्म ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यो आकारलाई यो वर्ष १४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको हो । यो बीमाशुल्क आर्जनसँगै नेपाल लाइफको हालसम्मको कुल बीमाशुल्क १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।
५ अर्ब ४९ करोड चुक्तापुँजी भएको इन्स्योरेन्ससँग अहिले २ अर्ब ६१ करोडको जगेडा कोष, ७७ अर्ब ५९ करोडको जीवनबीमा कोष र ४७ करोडको महाविपत्ति कोष छ । इन्स्योरेन्सले ६ महिनामा करिब ४६ करोड ९१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।
नेपाल लाइफको खुद नाफा भने ३५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको सोही अवधिको नाफा भन्दा २५ प्रतिशतले बढी हो । तर यो नाफा बीमांकीय मूल्याङ्कन अघिको भएकोले यसले ठूलो अर्थ भने राख्दैन ।
हालसम्म १२ लाख ५८ हजार बीमालेख बिक्री गरेको नेपाल लाइफले ६ महिनाको अवधिमा २१ हजार ३ सय ४७ जनालाई मात्रै ३ अर्ब १९ करोडको दाबी भुक्तानी गरको छ । उक्त इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण