बायर्नको रोमाञ्चक जित
रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा पाडेरबोर्नमाथि रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा बायर्नले पाडेरबोर्नलाई ३–२ गोलले हरायो । बायर्नको जितका २५औं मिनेटमा सर्ज गेनाबरीले खाता खोलेका थिए । ४४औं मिनेटमा पाडेरबोर्नका डेनिस श्रीबेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
लेवान्डोस्कीले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा पाडेरबोर्नका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीतर्फ धकेले । त्यसपछि ८८औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २३ खेलबाट ४९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको पाडेरबोर्न १६ अंक सहित अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण