बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० महिनादेखि कोमामा छन् यी बलिउड अभिनेताः परिवारमा छैनन् कोही, साथीले गर्दैछन् उपचार

सोमबार, १२ भदौ २०७४, १० : ५१
सोमबार, १२ भदौ २०७४

कमेडी भूमिकाका कारण मानिसहरुको मुटुमा राज गर्न सफल अभिनेता  निरज वोरा पछिल्लो १० महिनादेखि कोमामा छन् । सन् २०१६ को अक्टोबर १९ तारिखमा आएको ब्रेन स्ट्रोकका कारण निरजलाई दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो । सुरुमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । यद्यपी, स्थितीमा केही सुधार पछि उनका साथीले सन् २०१७ को मार्चमा उनलाई मुम्बई ल्याए । त्यतिबेलादेखि नै निरज साथीको घरमा नै बसिरहेका छन् ।

साथी फिरोज नाडियाडवालाले जिम्मेवारी वहन गर्दैछन्ः

कोमाको स्थितीमा नै निरजका साथी फिरोज नाडियाडवाला उनको पूरा जिम्मेवारी उठाइरहेका छन् । यहाँसम्म कि फिरोजले जुहूस्थित आफ्नो घर ‘बरकत विला’ को एउटा कोठालाई नै आइसीयूमा परिणत गरेका छन् ।

फिरोजका अनुसार सन् २०१७ मार्चदेखि निरजका लागि चौबीसै घण्टा एक नर्स, वार्ड ब्वई र कुक राखिएका छन् ।

यसका साथै फिजियोथेरापिस्ट, न्यूरो सर्जन, अकुपन्चर थेरापिस्ट र जनरल फिजिसियनले हरेक हप्ता उनको उपचार गरिरहेका हुन्छन् ।

निरजकी श्रीमती र आमा–बुवाको पहिले नै भइसकेको छ मृत्युः

निरजकी श्रीमतीको मृत्यु पहिले नै भइसकेको छ । उनका कोही सन्तान छैनन् । परिवारमा उनकी आमा मात्र थिइन् जो सन् २०१४ सम्म उनीसँग थिइन् । त्यसपछि उनको पनि मृत्यु भयो । निरजका कोही पनि आफन्त छैनन् । यस्तोमा उनका साथी फिरोजले उनको पूरा जिम्मेवारी लिइरहेका छन् ।

फिल्मको पोस्टरले सजिएको छ कोठाः

निरजलाई अहिले जुन कोठामा राखिएको छ त्यहाँ उनका चर्चित फिल्म रंगिला, विरासत, हेराफेरी, गोलमाल, दौड र खिलाडी ४२० को पोष्टले सजाइएको छ । यतिमात्र होइन, कोठामा टेलिभिजन पनि राखिएको छ जसमा उनलाई मनपर्ने फिल्म देखाइन्छ ।

अडियो थेरापीमार्फत भइरहेछ उपचारः

फिरोजका अनुसार पछिल्लो पाँच महिनादेखि उनको स्थितीमा केही सुधार भएको छ तर उनी अहिलेसम्म पनि कोमामा छन् । उनलाई अडियो थेरापीमार्फत उपचार गरिएको उनले बताए । उनले भने, ‘यसका लागि हामी निरजलाई पिता पंडित विनायक राय वोरको संगित सुनाउँछौं, यसमा उनले प्रतिक्रिया पनि दिन्छन् ।’

‘हेरा फेरी थ्री’ का लागि काम गरिरहेका थिए निरज तर...

निरजलाई जब सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भयो तब उनी फिल्म ‘हेरा फेरी थ्री’ मा काम गरिरहेका थिए । उक्त फिल्मलाई फिरोजले नै निर्माण गर्ने योजनामा थिए । फिल्मको स्ट्रोक पनि फाइनल भइसकेको थियो र सन् २०१६ को डिसेम्बरमा सुटिङ सुरु हुने निश्चित भएको थियो ।

निरजलाई एक्लै बस्न मन पर्दैनः

फिरोज भन्छन्, ‘म १८ वर्षदेखि निरजलाई चिन्छु । उनलाई कहिले पनि एक्लै बस्न मन पर्दैन । यहाँसम्म कि उनलाई खाना खाँदा, फिल्म हेर्दा पनि साथी चाहिन्छ । उनलाई साथीसँग बस्न निकै मनपर्छ । ’ निरजका बुवा चर्चित शहनाई बादक थिए । सन् २००५ मा उनको निधन भयो ।

आमिर र परेश रावल राम्रा साथीः

फिल्म इन्डष्ट्रिमा आमिर खान र परेश रावल उनका विशेष साथी हुन् । यी दुबै निरजलाई हेर्न अस्पताल पनि गएका थिए र लगातार उनको स्वास्थ्यबारे पनि जानकारी लिइरहेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप