स्टेजको आतिसबाजीले गायकको कपाल नै बल्यो, तर पनि गाउन छोडेनन्ः भिडियो भाइरल
अमेरिकाको डेट्राइट रक सिटीमा एक कार्यक्रमको क्रममा स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एक गायकको कपालमा आगो लागेको छ । तर उनले गाउन भने छोडेनन् । स्टेजमा भएका मानिसहरु यो देखेर अचम्मित भए । यो घटना भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।
घटना सोमबारको हो । गायक बबी जेनसनले आफ्नो ब्यान्डसँग ‘किस’ क्लासिकल शो गरिरहेका थिए । यति बेला स्टेजमा गरिएको आतिसबाजीको एउटा झिल्को बबीको लामो कपालसम्म पुग्यो जसका कारण आगलागी भयो ।
The most rock and roll thing you will ever see 😂 pic.twitter.com/uMyMQ7NQV6
— Jesus Chrysler (@JesusChrysler15) February 16, 2020
बबीले भने, ‘त्यो मेरो सक्कली कपाल थियो’
आगो लागेको कपालको भिडियो हेरेपछि जेनसनले भने, ‘यो विग होइन, मेरो सक्कली कपाल थियो । तर अब यो जलिसकेको छ । अर्को कार्यक्रम अघि मैले यो कपाल कटाउँदा नै राम्रो होला ।’
किस ब्यान्डको अर्को प्रस्तुती २१ फेब्रुअरीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण