इन्डोनेसियामा बाढी, १०औं हजार विस्थापित
जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिए ।
उनले जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपतकालीन राहत सहायता प्रदान गरिएको छ । प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको पनि जानकारी दिए ।
प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए ।
इन्डोनेसियाको जलवायू विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीप सहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए । विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण