अरु कसैले तपाईंको फेसबुक त चलाएको छैन ? यसरी पत्ता लगाउनुस्
सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ ।
फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।
त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ ।
त्यसको लागि के गर्ने ?
सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।
त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।
त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्
त्यहाँबाट ‘'Where you're logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।
स्मार्टफोनमा
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘Security and login’ जानुहोस्
त्यहाँ ‘'Where you're logged in’ अप्शन देखिन्छ ।
त्यसमा ‘See all’ मा क्लिक गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण