बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘चिकित्सकको अनुमतिमै प्रधानमन्त्री ओली सक्रिय’

बुधबार, ०५ चैत २०७६, १५ : ३४
बुधबार, ०५ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउनुपर्ने बताएका छन् ।

 कोराना भाइरस (कोभिड १९) का कारण विश्वनै आक्रान्त बनिरहेका बेला दक्षिण एसियाली मुलकहरुले एक आपसमा पारस्परिक सहयोग आदान प्रदान गर्नु पर्ने डा भट्टराईले बताए ।

वुधवार राजधानीमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलकदमीमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका बिचमा भएको भिडियो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।

 नेपाल जहिले  पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै उनले अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 उनले प्रधानमन्त्री के ओलीले चिकित्सकको उच्च निगरानीमा रहेर कार्यसम्पादन गरिरहेको पनि बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू अहिले पनि डाक्टरको सुपरभिजनमा हुनुहुन्छ, भिडियो कन्फरेन्समा सहभागीता देखि अन्य भेटघाटहरु डाक्टरको अनुमतिमै भइरहेका छ ।’

 कारोना भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको तर नेपाल कोरोना संक्रमणको उच्च जोखिममा भने रहेको भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप