कोरोना सन्त्रासः नमाज पढ्ने कार्यक्रम स्थगित
काठमाडौं । सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ । लागेको छ । विश्वभरी कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।
नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आफु पनि बाँचौ अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ । मस्जिदले आ-आफ्नो ठाउँबाट नमाज पढ्नपनि अनुरोध गरेको छ ।
कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण