कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ: मन्त्री भट्ट
काठमाडौं । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ । कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए । उनले भने, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन् । बदमासी गरेको देख्नुभयो भने तपाईले खबर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारावही गर्छौँ । कारावही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’
आइतबार राजधानीमा आयोजित साक्षत्कारमा मन्त्री भट्टले कोरोना बिरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताए । सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताएका छन् । देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण