सोमबारबाट बेलायतका सम्पूर्ण म्याकडोनाल्ड बन्द हुँदै
लन्डन । विश्वभर महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभीड १९) का कारण बेलायतका प्रमुख फाष्टफूडको रुपमा स्थान ओगट्दै आएको म्याकडोनाल्ड लगायत नान्दुज, कोष्टा क्याफे तथा सबवे सोमबारबाट साँझबाट अनिश्चित कालका लागि बन्द हुँदै छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि म्याकडोनाल्डले बेलायतमा रहेका आफ्ना १२ सय ७० वटा रेष्टुरेन्टहरु बन्द गर्ने घोषणा गरेको हो ।
टेकअवे र ड्राइभ थ्रु बाहेक रेष्टुरेन्ट भित्र बसेर खान पाउने सुविधा म्याकडोनाल्डले यसघि नै बन्द गरिसकेको थियो । म्याकडोनाल्डले मात्र बेलायतमा करिब १ लाख ३५ हजार कामदारहरुलाई रोजगारी दिंदै आएको छ जसमध्य प्राय जसो ‘जीरो आवर कन्ट्याक्ट’ मा काम गर्दै आएका छन् ।
२० हजार कर्मचारीलाई रोजगारी प्रदान गर्दै आइरहेको नान्दूजले बेलायमा रहेका आफ्ना ४ सय रेष्टुरेन्ट अर्को सूचना जारी नभएसम्मका लागि आजैबाट बन्द गर्ने घोषणा गरेको छ ।
तेस्तै कोष्टा क्याफे र सबवेले पनि आफ्नो सम्पूर्ण शाखाहरु बन्द गर्ने बताएको छ । यद्दपी हस्पिटलमा रहेका आफ्ना शाखाहरुले भने अर्को दुई हप्तासम्म राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरुको लागि निःशुल्क हट ड्रिंक्स उपलब्ध गराउने जनाएको छ ।
गत शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनले रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु बन्द गर्ने घोषणा गरे पनि टेकअवेको लागि भने छुट दिएका थिए ।
स्टाफ तथा ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण शाखाहरुलाई अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।
म्याकडोनाल्ड, नान्दूज, सबवे लगायत कोष्टा क्याफेहरुमा हजारौंको संख्यामा नेपालीहरुले रोजगारी पाउँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण