कोरोना भाइरसका कारण २३ इटालियन डाक्टरको मृत्यु
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण २३ इटालियन डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको महामारी सुरु भएयता २३ डाक्टरहरुको मृत्यु भएको हो । इटालियन चिकित्सक संघकाअनुसार मृत्यु भएका २३ मध्ये १९ जना लोम्बर्डी क्षेत्रमा काम गर्ने डाक्टरहरु हुन् । लोम्बर्डी क्षेत्र इटालीको सबैभन्दा बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेको क्षेत्र हो ।
अन्य ४ जना डाक्टर भने उत्तरी इटालीको इमिलिया रोमाग्ना, दक्षिणी इटालीको नेपल्स, मध्य इटालीको मर्चै क्षेत्रमा कार्यरत रहेका थिए । इटालीमा ४ हजार ८ सय २४ स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपि, संघले केही डाक्टरहरुको अचानक मृत्यु भएकोले सिधै भाइरसको संक्रमणबाटै मृत्यु भएको हो कि होइन पुष्टि हुन बाँकी रहेको जनाएको छ ।
इटालीमा उक्त भाइरस संक्रमणका कारण हालसम्म झण्डै ६ हजार जनाको मृत्यु भैसकेको छ भने ५९ हजार १ सय ३८ जनामा संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने
-
तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
मकवानपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सुदूरपश्चिममा विपक्षी दलको अवरोधका बिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव