युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने
इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ ।
क्लबले राखेको प्रस्तावलाई पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डो सहितको खेलाडीहरुले स्वीकार गरेका छन् । खेलाडीले मार्च, अप्रिल, मे र जुन मिहनाको तलब लिने छैनन् । यसले गर्दा कोरोनाले संकटमा पुर्याएको क्लबलाई केही आर्थिक सहयोग भएको छ । खेलाडी सहित प्रशिक्षक मौरिसियो सारीले पनि तलब छाड्न सहमत भएका छन् । खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युभेन्ट्सलाई ९० मिलियन युरो राहत मिलेको छ । खेलाडी र क्लबको सहमतिसँगै रोनाल्डोले मात्रै करिब १० मिलियन युरो गुमाउने छन् ।
युरोपमा महामारीको रुप लिएको कोरोनाको संक्रमण सबैभन्दा बढी इटालीमा फैलिएको छ । कोरोनाका कारण अप्रिल ३ तारिखसम्म इटालीमा फुटबलसहित सबै खाले खेल गतिविधि स्थगित गरिएको छ । साविक विजेता युभेन्ट्स अहिले पनि लिगको शीर्ष स्थानमा छ । युभेन्ट्सले २६ खेलबाट ६३ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियोभन्दा एक अंकले अगाडी छ । लाजियोले ६२ अंक बनाएको छ ।
फुटबल र लिग रोकिँदा सबैभन्दा बढी संकट क्लबलाई परेको भन्दै युरोपका अन्य देशका ठूला क्लबले पनि खेलाडीको तलब कटौती गर्ने निर्णय गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाले खेलाडीको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । यसैगरी एथलेटिको म्याड्रिड, जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डले पनि खेलाडीको तलबमा यसअघिनै कटौती गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण