अमेरिकामा एक वर्ष मुनीको बच्चाको ज्यान गयो, २४ घण्टा अघि कोरोनाभाइरसद्वारा संक्रमित
कोरोनाभाइरस महामारीका कारण अमेरिकामा पहिलो पटक नवजात शिशुको मृत्युको घटना सार्वजनिक भएको छ । शनिबार अमेरिकाको शिकागोमा यो भाइरसद्वारा संक्रमित बच्चाको मृत्यु भएको हो । बच्चाको वास्तविक उमेरबारे खुलासा गरिएको छैन ।
स्वास्थ्य विभागको दाबी अनुसार यो संसारकै पहिलो घटना हो । यद्यपि, बच्चाको मृत्युको विषयमा थुप्रै दाबी गरिएका छन् ।
पत्रकार सम्मेलनमा गभर्नर जेबी पित्जकरले भने, नवजातलाई २४ घण्टा अघि कोरोनाभाइरसको संक्रमण भएको थियो । उनको मृत्युको खबर सुनेर म स्तब्ध छु । उसको मृत्युबारे सूक्ष्म अनुसन्धान गरिँदै छ ।’
उनले थपे, ‘एक नवजातको मृत्युको खबर कति पीडादायी हुन्छ, मलाई राम्रोसँग थाहा छ । यो पूरा परिवारका लागि अत्यन्तै दुःखद खबर हो जसले एक वर्षदेखि बच्चा जन्मने खुसी सजाएर राखेको थियो ।’
अमेरिकाका हेल्थ डायरेक्टर नेगोजी एजिकले यो घटना पहिलो भएको जानकारी दिए । उनले भने, ‘अन्तर्राष्ट्रिय महामारीको रुप लिइरहेको कोरोनाभाइरसले अहिलेसम्म कुनै नवजातको मृत्युको घटना यसअघि आएको थिएन । ’
फ्रान्सका स्वास्थ्य अधिकारी जेरोम सलोमनले गत हप्ता पेरिसको इले–द–फ्रानस इलाकामा १६ वर्षकी एक युवतीको मृत्यु कोरोनाभाइरसका कारण भएको जानकारी दिएका थिए । उनको दाबी अनुसार युवामा कोरोना भाइरसको घटना दुर्लभ हो तर जसमा देखियो त्यो निकै गम्भीर रहे ।
एक अनुसन्धानका अनुसार चीनमा तीन महिनामा कोरोनाभाइरसबाट २१ सय बालबालिका संक्रमित थिए तर तीमध्ये एकजनाको मात्रै मृत्यु भएको थियो । मृत्यु हुनेको उमेर १४ वर्ष थियो । अध्ययनमा पाइए अनुसार संक्रमति ६ प्रतिशत बच्चा मात्रै गम्भी रुपमा बिरामी भए । थुप्रै अध्ययनमा कोरोनाभाइरसले वृद्ध–वृद्धा, शारीरिक रुपमा कमजोर र अन्य रोगबाट ग्रसित रोगीलाई बढी प्रभावित पार्ने निष्कर्ष निस्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण