बायर्नको प्रशिक्षण क्याम्प सुरु
जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकैबीच प्रशिक्षण क्याम्प सुरु गरेको छ । बायर्नले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो ।
बार्यनले खेलाडी एकनास बसिरहँदा फिटनेसको समस्या आउने भन्दै सानो समूह बनाएर प्रशिक्षण थालेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी थिए । जर्मनमा जारी लकडाउनमा रहेका खेलाडीले सरकारले लगाएको नियमलाई पालना गरी प्रशिक्षण सुरु गरेको जनाएको छ । १४ मार्च यता यता पहिलो पटक अभ्यासमा उत्रिएको बायर्नले सरकारसँग समन्वय गरेर तयारी गरेको पनि विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
प्रशिक्षणमा सहभागी खेलाडीले सानो समूहमा तयारी गर्नेछन् । पहिलो दिन स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कोउटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङक उपस्थित थिए ।
जर्मनमा प्रशिक्षण सुरु गर्ने बायर्न दोस्रो क्लब हो । यसअघि जर्मनकै बोरुसिया डर्टमन्डले अघिल्लो सातादेखि प्रशिक्षण सुरु गरेको थियो । सोमबारदेखि जर्मन क्लब साल्केले पनि प्रशिक्षण सुरु गरेको छ । बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न म्युनिख ५५ अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण