बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी नायिकाले फिल्ममा सबैभन्दा धेरै गरिन् बलात्कारका दृश्य, गम्भीर रोगले लियो ज्यान

शुक्रबार, १६ भदौ २०७४, १३ : ३९
शुक्रबार, १६ भदौ २०७४

बलिउडमा ६० र ७० की नायिकाको कुरा गर्नुपर्दा नाजिमाको नाम सायद धेरैले छुटाउँदैनन् । हुन त नाजिमालाई फिल्ममा सपोर्टिङ रोलका लागि चिनिन्छ तर उनको नाममा अर्को एक रेकर्ड पनि छ जसबारे निकै कमलाई थाहा छ । नाजिमा बलिउडकी एक्ली नायिका थिइन् जसले सबैभन्दा धेरै फिल्ममा बलात्कारका दृश्य गरेकी छिन् । उनलाई फिल्म ‘बेइमान’ का लागि सन् १९७२ मा बेस्ट सपोर्टिङ नायिकाका लागि फिल्मफेयरमा नोमिनेट गरिएको थियो ।

२७ वर्षको उमेरमा क्यान्सरका कारण मृत्युः

नाजिमाले निकै कम उमेरमा नै धेरैकुरा हाँसिल गरेकी थिइन् । २२ वर्षको उमेरमा नै उनले निकै चर्चित नायिकालाई माथ दिएकी थिइन् । आफ्नो छोटो करियरमा नै उनले ३० भन्दा बढि फिल्ममा काम गरिन् ।

२७ वर्षको उमेरमा क्यान्सर जस्तो गम्भीर रोगसँग लड्दा लड्दै उनको सन् १९७५ मा मृत्यु भएको थियो ।

नाजिमाको निकै निर्दोष अनुहारका कारण उनलाई थुप्रै फिल्ममा हिरो वा हिरोइनको बहिनीको भूमिका निभाउने मौका पाउँथिन् । यहाँसम्म कि उनलाई ‘बलिउडकी बहिनी’ को नामले चर्चित भएकी थिइन् ।

मुख्य नायिकाको रुपमा नाजिमाले एउटा मात्र फिल्ममा काम गरिन् जुन सन् १९७५ मा रिलिज भएको ‘दयार–ए–मदीना’ थियो ।

यसकारण गर्नुपर्यो सबैभन्दा धेरै बलात्कारका दृश्यः

किनभने ६० र ७० को दशकको फिल्ममा धेरैजसो हिरो र हिरोइनकी बहिनी बलात्कारको शिकार हुने गर्दथे । यस्तोमा नायक–नायिकाको बहिनीको सपोर्टिङ रोल निभाउने नाजिमाले नै सबैभन्दा धेरै बलात्कारको दृश्य गर्नुपर्दथ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप