कमाईको मामलामा अमिताभ–रणबीरभन्दा अगाडि निस्किइन् दीपिका, पहिलो स्थानमा को ?
फोर्ब्स म्यागजिनको सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने शीर्ष १० बलिउड कलाकारको सूचीमा अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा परेका छन् । कमाईको आँकडा बक्स अफिस इन्डिया, बक्स अफिस मोजो र आइएमडीबीको आँकडाका साथै उद्योगका भित्री सूत्रको साक्षात्कारमा पनि आधारित छ । शाहरुख, सलमान र अक्षयलाई फोर्ब्स म्यागजिनको दुनियाँको सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेताको सन् २०१७ को सूचीमा क्रमशः आठौं, नवौं र दशौं स्थान दिइएको छ ।
१. शाहरुख खानः
फोर्ब्स डट कमको रिपोर्ट अनुसार शाहरुखले आफ्ना समकालीन अभिनेता सलमान खान, अक्षय कुमार र आमिर खानलाई पछाडि पारेका छन् । यद्यपी, उनका पछिल्ला केही फिल्म जस्तै ‘फ्यान’, ‘दिलवाले’ र ‘जब ह्यारी मेट सेजल’ खासै केही कमाई गरेको थिएन । शाहरुखले विज्ञापन र उनको आफ्नो रेड चिलिज इन्टरटेन्मेन्टको सफल प्रोजेक्टको मद्दतले सन् २०१६ को जून १ र सन् २०१७ को जून १ तारिखका बिच ३.८ करोड डलरको कमाई गरेका छन् ।
२. सलमान खानः
सलमान खान शाहरुखभन्दा त्यति पर छैनन् । उनी यो सूचीमा ३.७ करोड डलरको कमाईसहित दोस्रो स्थानमा छन् । सलमानले विज्ञापनका साथै फिल्म ‘सुल्तान’ को सफलताबाट पनि लाभ कमाएका छन् ।
३. अक्षय कुमारः
खानपछि यो सूचीमा भारतीय राष्ट्रिय पुरस्कार विजेता अक्षय कुमार छन् । ‘खिलाडी’ स्टार ३.५५ करोड डलरको कमाईसहित तेस्रो स्थानमा छन् । उनका थुप्रै फिल्म हिट रहे जसमा ‘जी एलएलबी टु’, ‘नाम शबाना’ र ‘ट्वाइलेट–एक प्रेम कथा’ समावेश छन् ।
४. आमिर खानः
फिल्म ‘दंगल’ को अभूतपूर्व सफलताका साथ आमिर १.२५ करोड डलरको कमाईसँगै चौथो स्थानमा छन् ।
५. ऋतिक रोशनः
अभिनेता ऋतिक रोशन १.१५ करोड डलर कमाईसहित शीर्ष पाँचमा समावेश छन् । ऋतिकको सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहनजोदारो’ बक्स अफिसमा असफल भएको थियो । अभिनेता सन् २०१७ मा फिल्म ‘काबिल’ मार्फत फिर्ता भए ।
दीपिका–प्रियंकाको दौडः
दीपिका १.१० करोड डलरको कमाईसहित छैटौं स्थानमा छन् जबकी प्रियंका र रणबीर सिंहले १ करोड डलरको कमाईसँग संयुक्त रुपमा सातौं स्थान ओगट्न सफल भएका छन् । दुबै अभिनेत्रीले हलिउडमा पनि आफ्नो अभिनयको कलाको सुरुवात गरिसकेका छन् ।
अमिताभ बच्चन र रणबीर कपूर क्रमशः नवौं र दशौं स्थानमाः
फोर्ब्सका अनुसार मेगास्टार अमिताभ बच्चन ९० लाख डलर र रणबीर कपूर ८५ लाख डलरको कमाईसहित क्रमशः नवौं र दशौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण