काठमाडौं आएकालाई प्रवेश दिइएन, यात्रु अलपत्र (फोटोफिचर)
काठमाडौं । बाहिरबाट काठमाडौं उपत्यका छिर्ने मुख्य नाका हो नागढुंगा ।
सोमबार दिनभर नागढुंगामा सरकारले गाईजात्रा देखायो । गाईजात्रा यो मानेमा कि सरकारको समन्वययमा विराटनगरबाट काठमाडौं आएकालाई दिनभर नाकामा रोकियो । केहीलाई विराटनगर नै फर्काइयो ।
विराटनगरमा अलपत्र परेकाहरुलाई आइतबार राति विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो । उनीहरु सोमबार बिहान नागढ्ंगा आइपुगेका थिए।
गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको प्रहरीको दावी छ ।
सोही अनुसार केहीलाई उताबाट आएकै गाडीमा राखेर फर्काएको प्रहरीको भनाइ छ । यदि त्यस्तै हो र काठमाडौ छिर्नै नदिने हो भने विराटनगरबाट ति मानिसलाई किन आउन दियो र आइसकेपछि फेरि उतै फर्काइयो ?
यसको जवाफ न प्रहरीसँग छ न सरकारसँग नै । छ त केवल विपतका बेलामा गाईजात्रा । यस्तै विराटनगरबाहेक अन्य स्थानबाट काठमाडौं आएकालाई पनि रोकिएको छ । अहिले पनि काठमाडौं प्रवेश नपाएकाहरु नागढुंगामै अलपत्र अवस्थामा छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण