रुसमा फसेका भारतीय उद्धार गर्न गएको विमानकै चालक कोरोना संक्रमित, बीचबाटै फिर्ता बोलाइयो
भारतको नयाँ दिल्लीबाट रुसको मस्को उडान भरिरहेको ए–३२० विमानको एक पाइलट कोरोना पोजेटिभ भएको पत्ता लागेपछि बीच बाटोबाटै विमानलाई फिर्ता बोलाउनु परेको छ । यो घटना शनिबार बिहान भएको हो । यस घटनाबारे अनुसन्धानसमेत सुरु भएको छ ।
एयर इन्डियाका अधिकारीअनुसार यो विमान ‘वन्दे भारत मिसन’ अन्तरगत रुसमा फसेका भारतीयलाई लिन गइरहेको थियो । विमानमा कोही पनि यात्री सवार थिएनन् ।
विमान जब उज्बेकिस्तानको एयरस्पेसमा पुग्यो, तब ग्राउन्ड टिमका सदस्यले विमानका एक पाइलट कोरोना पोजेटिभ रहेको थाहा पाए ।
एयर इन्डियाका अधिकारीका अनुसार विमानलाई तुरुन्तै फिर्ता बोलाइएको थियो । शनिबार १२ बजेर ४५ मिनेट जाँदा विमान दिल्ली पुगेको थियो ।
घटनापछि चालकदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । अब रुसमा फँसेका भारतीयलाई लिन अर्को विमान पठाइनेछ ।
विमानको उडानभन्दा पहिले सबैको रिपोर्ट जाँच गरिन्छ । विशेष गरेर कोरोनाको रिपोर्ट । एक पाइलटको रिपोर्ट पोजेटिभ थियो तर त्यसलाई गल्तीले नेगेटिभ पढियो । त्यसपछि ग्राउन्ड टिमले उडानको अनुमति दिएको थियो ।
एयर इन्डिया स्रोतका अनुसार कामको दबाबको कारण यस्तो घटना भएको हो । हरेक दिन ३ सयभन्दा बढी चालकदलका सदस्यको कोरोना जाँच भइरहेको छ । सबैको रिपोर्ट एक्सल सिटमा आउँछ । यही पढ्दा गल्ती भएको हो ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण