दुई वर्षदेखि गायब छन् संजय दत्तसँग काम गरिसकेका यी हिरो, प्रेमिकासँग निस्किएका कहिले फर्केनन्
फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ का हरेक पात्र यति रमाइला थिए कि वर्षौंपछि पनि दर्शकले उनीहरुलाई बिर्सन सकेका छैनन् । यिनैमध्ये एक भूमिका विशाल ठक्करको थियो जो युवतीका लागि आत्महत्या गर्न निस्किएका थिए । त्यसपछि मुन्नाको ‘जादूकी झप्पी’ ले उनलाई ठिक गरिदिन्छ ।
यहि विशाल ठक्कर पछिल्लो २० महिनादेखि हराइरहेका छन् जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । विशालले ‘मुन्ना भाइ’ का साथै ‘चाँदनी बार’ र थुप्रै टेलिभिजन च्यानलमा पनि काम गरेका थिए । डिसेम्बर ३१ को साँझ विशाल आफ्नी प्रेमिकासँग फिल्म हेर्न निस्किएका थिए ।
त्यसपछि उनी कहिले पनि घर फर्किएनन् । विशालको परिवारले पुलिसमा ऊजुरी दर्ता गरे तर उनीबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । एक वेबसाइटले विशालकी आमा दुर्गा ठक्करसँग कुराकानी गर्दा उनले भनिन्, ‘हरेक विहान म यो सोचेर उठ्छु कि मेरो छोरा घर फिर्ता आउँछ वा मलाई फोन गर्छ । पुलिसले छोराको खोजी गर्न सकेको छैन तर मेरो आशा अझै पनि टुटेको छैन । ’
विशाल गायब हुनु दुई महिना अघि एक मोडलले विशालमाथि बलात्कार र धोकाको आरोप लगाएकी थिइन् । मोडलका अनुसार विशालले उनलाई विवाह गर्ने बचन गरेका थिए तर पछि उनले धोका दिए । यता विशालकी आमाले यी आरोपलाई झुटो बताएकी थिइन् ।
विशालकी आमाले भनिन्, ‘मेरो छोरा आफ्नी प्रेमिकालाई मात्र माया गर्दथ्यो र उनीसँगै विवाह गर्न चाहन्थ्यो । पछि मेरो छोरालाई उनकी प्रेमिकाले धोका दिइरहेको थाहा भयो । यस्तो थाहा भएपछि ती युवतीले विशाललाई तर्साउन थालिन् र आफूलाई सही साबित गर्न थालिन् । उनैले मेरो छोराविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।’
उक्त आरोपपछि विशालको करियरमा पनि प्रभाव पर्यो । उनले काम पाउन छाडे जसका कारण उनी डिप्रेशनमा परे । उनी शान्त हुन थालेका थिए । पूरा परिवारले उनलाई डिप्रेशनबाट निकाल्ने कोसिस गरिरहे । त्यसपछि उनी अचानक हराए ।
विशाल सन् २०१६ को जनवरी १ तारिखदेखि गायब छन् । थुप्रै फिल्ममा स–सानो भूमिका निर्वाह गर्ने उनी स्टार बन्न चाहन्थे । तर एक बलात्कारको आरोपले उनको जीवन बर्बाद गर्यो । विशालले ‘तारक मेहताका उल्टा चश्मा’ मा पनि काम गरेका थिए भने अन्तिम पटक सिरियल ‘थपकी प्यारकी’ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण