शिक्षिकाको ‘जुगाड’ भाइरल, सोसल मिडियामा तारिफ
कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् ।
यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल विषयलाई ह्वाइटबोर्डमा पढाउन नपाउनुको बाध्यता ।
यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ह्याङ्गर, कुर्सी र च्यातिएका कपडाले मोबाइल राख्नका लागि ट्राइपोड बनाएकी छिन् ।
शिक्षिकाको यो जुगाडको चर्चा सोसल मिडियामा भइरहेको छ । सोसल मिडियामा सेयर भएको तस्बिरमा मानिसहरुले निकै तारिफ गरिरहेका छन् ।
भारतीय वन सेवाका अधिकारी सुधार रमनले ट्वीटरमा एक तस्बिर साझा गर्दै लेखेका छन्, ‘यो तस्बिरमा अत्यधिक सकारात्मकता र आशा छ । केमेस्ट्रिकी यी शिक्षिकाको कमिटमेन्ट हेर्नुहोस् ।’
शिक्षिका मौमिता बीले करिब एक हप्ताअघि यो भिडिया लिङ्क्डइनमा सेयर गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘मसँग ट्राइपोड थिएन त्यसैले मैले आफ्नो घरबाट अनलाइन कक्षा चलाउनका लागि भारतीय जुगाड बनाइदिए ।’
उनले आफ्नो फोनलाई कपडा झुण्ड्याउने ह्याङ्गरले बाँधिन् । यसलाई उनले डोरीको सहारामा प्लास्टिकको कुर्सी र माथि सिलिङमा बाँधिदिइन् । यसरी उनले ट्राइपोड तयार गरिन् ।
लिङ्क्डइनमा उनको यो भिडियो भाइरल भयो । यो भिडियो दुई लाखभन्दा बढी पटक हेरिसकिएको छ र ६ सय बढीले यसमा टिप्पणी गरेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण