युरोपले पाउनेछ कोरोना भ्याक्सिनको ४० करोड डोज, अमेरिकाले ३० करोड
कोरोनाभाइरसको भ्याक्सिन बन्ने बित्तिकै यसलाई पाउनका लागि युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सले औषधी निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ ।
शनिबार जर्मन सरकारले दिएको जानकारी अनसार यो सम्झौता अनुसार कम्पनीले भ्याक्सिन बनाउने बित्तिकै यसको ४० करोड डोज युरोपलाई दिनेछ । यो भ्याक्सिन युरोपेली संघका सदस्य देशलाई दिइनेछ ।
कम्पनीले भ्याक्सिन उत्पादन बढाउने कोसिस गरिरहेको जानकारी दिँदै कोरोना महामारी उन्मूलनका लागि भ्याक्सिन कुनै फाइदा बिना नै सप्लाई गर्ने बताएको छ ।
कम्पनीका अनुसार यो वर्षको अन्त्य हुनु अघि नै यसको वितरण सुरु हुनेछ ।
कम्पनीका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियाले भनेका छन्, ‘यदि सबैकुरा सही हुँदै गए युरोपका करोडौं नागरिकले यो भ्याक्सिन पाउन सक्ने कुरा यसमार्फत् सुनिश्चित भएको छ । गर्मी महिनाको समाप्ति अगावै हामीलाई यसबारे थाहा हुनेछ ।’
पास्कल सोरियाका अनुसार भ्याक्सिन बनाउने बारे सम्बन्धित सुरुवाती डाटाको आधारमा यो प्रभावकारी हुने प्रमाणित हुनेछ ।
यो अलायन्सले युरोपका सबै सदस्य देशसम्म भ्याक्सिन पुर्याउनका लागि युरोपेली कमिशनसँग मिलेर काम गरिरहेको पास्कल सोरियाले जानकारी दिए ।
सम्झौता कतिमा डिल भयो यसबारे कुनै जानकारी प्राप्त छैन । यद्यपि, इटलीको स्वास्थ्य मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटल िर नेदरल्याण्डले रकम उपलब्ध गराउने भएको छ भने अन्य देश पनि यो अलायन्समा समावेश हुनसक्ने बताएको छ ।
कोरोनाभाइरसका लागि तत्कालका लागि कुनै भ्याक्सिन बनेको छैन । यस्तोमा यो भ्याक्सिन कति प्रभावकारी होला यसबारे हाल कुनै सटिक जानकारी छैन ।
युरोपेली भ्याक्सिन अलायन्सअघि अमेरिकाले अस्त्राजेनेकासँग सम्झौता गरेको थियो । अमेरिकाले कम्पनीमा १.२ अर्ब डलर लगानी गर्नेछ र भ्याक्सिन बनेपछि उसले ३० करोड डोज पाउनेछ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोनाभाइरसको भ्याक्सिनमा काम गरिरहेको छ यसको लाइसेन्स बेलायती कम्पनी अस्त्राजेनेकासँग छ । सुरुमा यो भ्याक्सिनको नाम - ChAdOx1 nCoV-19 थियो, अहिले AZD1222 राखिएको छ ।
अक्सफोर्ड युनिभर्सिटीले यसै वर्षको अप्रिललमा सयौं स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल सुरु गरेको थियो । अब करिब १० हजार स्वयंसेवकमाथि यसको ट्रायल जारी छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पास्कल सोरियोका अनुसार भ्याक्सिनको प्रभावकारिता र यसको सुरक्षासम्बन्धि जोडिएको एक अध्ययनपछि ब्रिटिश मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले भ्याक्सिनको तृतीय चरणको ट्रायललाई मञ्जुरी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण