सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ?
बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड पनि भयो तर अब करण जोहरले पनि त्यस्तै कदम उठाएका छन् ।
करण जोहरले सुशान्त सिंह राजपूतको आत्महत्यापछि सोसल मिडियामा मानिसहरुको अत्यधिक रिसको सामना गरिरहेका छन् । यतिमात्रै होइन, उनीविरुद्ध बिहारको एक अदालतमा मुद्दासमेत दर्ता गरिएको छ । तर अब करण जोहरले पनि यी रिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन् ।
कुनै बेला अतयधिक थुप्रैलाई फलो गरेका करण जोहरले अब ८ वटा अकाउन्टलाई मात्रै फलो गरेका छन् । उनले फलो गरेकामध्ये चार सेलिब्रिटी छन् । उनले छोरी भन्ने गरेका आलिया भट्टलाई पनि अनफलो गरेका छन् । साथै वरुण धवन र सिद्धार्थ मल्होत्रालाई पनि फलो गरिरहेका छैनन् । यसका साथै करणले आफ्नो निकै मिल्ने साथी काजोल र अन्य थुप्रै सेलिब्रिटीलाई पनि अनफलो गरेका छन् ।
अन्य आठ अकाउन्टमध्ये चार उनको प्रोडक्सन हाउस धर्माको हो र अन्य चारमा शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन र प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण