‘सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु’ भन्दै युवतीले लगाइन् पासो
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनको परिवार र प्रशंसक अति विचलित भएका छन् । सुशान्तले आखिर किन यस्तो गरे भन्ने प्रश्न सबैमा खट्किएको छ । यसैबीच भारतको मध्य प्रदेशमा सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ती युवतीले आत्महत्या गर्नु केहि घण्टा अघि मात्रै सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु भनेर भाउजुलाई बताएकी थिइन् ।
युवतीका भाइलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार बिहान मात्रै युवतीले भाउजुसँग सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्छु भनेर ठट्टा गरेकी थिइन् । उनले भने, ‘जब उनले भाउजुलाई यसो भनिन् तब भाउजुले आजकाल तिम्रो धेरै मुख चल्न थालेको र यसबारे आमा र दाइलाई कुरा लगाइदिने भन्नुभएको थियो । आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’
स्रोतका अनुसार पछि जब घरका सबै सदस्य आ–आफ्नो काममा व्यस्त भए तब उनले घरको छतमा गएर पासो लगाएकी थिइन् ।
युवतीकी आमा र भाउजुले उनलाई झुण्डिरहेको देखेपछि तत्काल डाक्टर बोलाएर अस्पताल पुर्याए, त्यहाँ उनलाई मृत घोषित गरियो । घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको छ ।
यस्तै, केहि दिन अघि बरेलीमा १० कक्षामा पढ्ने छात्रले सुशान्त सिंहको आत्महत्याको खबर टिभीमा देखेपछि आफूपनि पङ्खामा झुण्डिए । ती छात्रले आफ्नो सुसाइड नोटमा ‘सुशान्त सिंहले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिनँ ?’ भनेर लेखेको स्रोतले बताएको छ ।
यद्यपि, ती छात्रले आफ्नो सुसाइड नोटमा आफूमा तेस्रोलिङ्गीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो भएकाले मानिसहरुले खिल्ली उडाउने गरेको पनि लेखेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण