अविरल वर्षापछि राजमार्गमा पहिरो, यातायात सेवा ठप्प
जाजरकोट – शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ । छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो । करिब ३० मिटरभन्दा बढी सडक भासिएपछि सबै प्रकारका यातायात सेवा अवरुद्ध भएको हो ।
त्यस्तै जाजरकोट सदरमुकामबाट डोल्पा जाने सबै यातायात सेवा ठप्प भएको छ । बीचबीचमा रहेका खोलामा पानीको मात्रा बढेपछि यातायात सेवा अवरुद्ध भएको हो । जाजरकोट–जुम्ला सडकखण्डको खलङ्गा–पाँचकाटियासम्म चल्ने यातायात सेवा अवरुद्ध भएको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । त्यस्तै छेडाबजार–थलह सडकखण्डको मोर्कखोलामा पानीको बहाव बढ्दा यातायात सेवा अवरुद्ध भएको छ ।
पानी नरोकिएकाले खच्चड सेवासमेत बन्द भएको छ । खोलामा पानी बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान मुस्किल भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । खलङ्गा– बारेकोट सडकसमेत अवरुद्ध भएको छ ।
गाउँमा टेलिफोन सेवा अवरुद्ध
अविरल वर्षाका कारण जाजरकोट सदरमुकामदेखि अन्य स्थानीय तहको फोन सेवासमेत अवरुद्ध भएको छ । घाम नलाग्दा टावरमा विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । गाउँ–गाउँमा सूचना लिनसमेत मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । पानी परिरहेकोले गाउँगाउँमा रहेका क्वारेन्टिनमा आवश्यक सेवा प्रवाहमा समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण