शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

मङ्गलबार, ०९ असार २०७७, १२ : ०३
मङ्गलबार, ०९ असार २०७७

पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।  पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ । 

 सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांँदै गर्दा  जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिङ्गे– सन्धिखर्क सडक अझै खुल्न सकेको छैन । पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँचीखोलाबीचमा पहिरो गएको हो । 

पहिरो पन्छाउन दुई डोजरले लगातार काम गरे पनि  खस्नेक्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए  ।  

सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस र  अन्य सवारी साधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । 

यस्तै शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण  जिल्लामा अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप