मृत्युको १० महिनापछि आयो बाबुको यस्तो इमेल, थामिएन छोरीको आँशु
लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् ।
समाचारअनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो । यहाँ, एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।
इमेलमा थियो योजना
मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृत्यु १० महिनाअघि भएको थियो । जब उनले भर्खरै मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो । एलिसाका बाबुले वैवाहिक वर्षगाठँको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् ।
फूलका लागि अग्रिम रकम
एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृत्युपछि पनि श्रीमतीसमक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् ।
पत्नीको रोजाईको रेस्टुरेन्टमा टेबुल बुक
त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । र, यस कुराका पनि ध्यान राखिएको थियो कि यदी कुनै तरिकाले बाहिर जान मन लागेन भने पत्नीलाई मनपर्ने खाना बाहिरबाटै मगाउन सकियोस् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन्
।
सामाजिक सञ्जालमा पोस्ट भाइरल
आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए । अहिले यो पोस्ट फेसबुकमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण