ललितपुर हिरासतमा आत्महत्या गरेका युवकको ‘सुसाइड नोट’ फेला
काठमाडौं । बुधबार बिहान बलात्कारको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेर छाडेका छन् ।
हिरासतभित्र रहेका यादवलाई सुसाइड नोट लेख्न कलम कसले दियो ? प्रश्न उब्जिएको छ । ‘हामीलाई पनि थाहा छैन,’ ललितपुर परिसरका एसएसपी टेकप्रसाद राई भन्छन् ।
परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु,’ उनले सुसाइड नोटमा लेखेका छन् ।
एसएसपी राईले भने, ‘यादवको शव पोष्टमार्टमको लागि पठाएका छौं । रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान हुनेछ ।’ सुसाइड नोटमा के लेखिएको भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन ।
यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो ।
यादवसँगै अन्य २ युवकले पनि महिलालाई बलात्कार गरेको खुलेको छ । ‘ती दुई युवाहरु को थिए ? तिनीहरुलाई प्रहरीले किन खोज्दैन ?’ यादवका आफन्तको प्रश्न छ । बलात्कार प्रयास भएकी महिलालाई समेत हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने यादवको परिवारको माग छ ।
बलात्कार भएको आरोप लगाएकी महिलाले अन्य दुई जना युवकलाई समेत चिनेको पाइएको छ । साथीको कोठाबाट घर फकिँदै गर्दा आफूमाथि बलात्कारको प्रयास भएको ती महिलाको भनाइ छ ।
एसपी कार्कीका अनुसार यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर ट्वाइलेटको ‘भेन्टिलेसन’ मा झुण्डिएर आत्महत्या गरेका हुन् । झ्यालमा झुण्डिएको अवस्थामा फेला परेपछि यादवलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो ।
अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको हो । जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
