डब्ल्यूएचओद्वारा कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विन र एचआइभीको औषधीको प्रयोगमा रोक
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर–रिटोनाविर औषधीको प्रयोग बन्द गर्न निर्देशन दिएको छ ।
मलेरियाको उपचारमा काम लाग्ने हाइड्रोक्सिक्लोरोक्विन र एचआइभी बिरामीलाई दिइने लोपिनएविर–रिटोनाविर औषधीले कोरोना संक्रमितको मृत्यु दर रोक्न सफल नभएका कारण यस्तो निर्णय लिइएको बताइएको छ ।
कोरोनाको उपचारको क्रममा जारी गरिएका विभिन्न भ्याक्सिन र मेडिसिन ट्रायलमा यो औषधीलाई एक आशाको रुपमा हेरिएको थियो ।
शुक्रबार संसारभरी कोरोनाका २ लाख १२ हजार ३ सय २६ संक्रमित भेटिएका छन् जसमध्ये अमेरिकामा मात्रै ५३ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले एक बयानमा भन्यो, ‘मेडिकल ट्रायलबाट सार्वजनिक भएको नतिजा अनुसार हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर–रिटोनाविरको प्रयोगले अस्पतालमा भर्ना भएका बिरामीको मृत्युदरमा खासै कमी आएन । त्यसैले औषधीको ट्रायल तत्काल प्रभावबाट बन्द गरिनेछ ।’
संसारका विभिन्न देशमा विश्व–स्वास्थ्य संगठनको अगुवाईमा कोरोना बिरामीमाथि यी औषधीको असरबारे परीक्षण गरिँदै थियो ।
संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले एक अन्तर्राष्ट्रिय कमेटीको सिफारिशको आधारमा यो निर्णय लिएको बताइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण