प्रभावकारी बनेन अनलाइन शिक्षा
काठमाडौं – कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।
खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।
ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेले जानकारी दिनुभयो । धेरै विद्यार्थीसित इन्टरनेट सुविधा छैन, कतिपयसित मोबाइल, ल्यापटप छैन, कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ ।
त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उहाँको भनाइ छ । बल्ल कक्षा ८ बाट तल्लो तहका विद्यार्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण