कोरोना असरः हङकङमा विद्यालय बन्द
एजेन्सी । हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ । हङकङ शहरका शिक्षा मन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तिब्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिए ।
आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनु पर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।
हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए । तर पछिल्लो दुई दिनमा निकै ठूलो संख्यामा संक्रमित भेटिएका अधिकारीहरुले बताएका छन् जसमा एउटा वृद्धवृद्धा राखिने केएर होमका ३२ जना पनि संक्रमित भएका छन् ।
स्थानीय अधिकारीहरुले बिहीबार नै शहरका रेस्टुराँ, बार र फिटनेस केन्द्रमा कति जनासम्म व्यक्ति भेला हुन पाउने भन्ने बारेमा नयाँ नियम घोषणा गरेका छन् । नयाँ नियम अनुसार रेस्टुराँमा एक पटकमा आठ जना तथा पब र रात्रिक्लबमा प्रति टेबल चार जना मात्र बस्न पाइने छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण