बैंकका उच्च अधिकारीकै मिलेमतोमा कृत्रिम ऋणी खडा गरेर कर्जा दिने गरेको खुलासा
बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी कृत्रिम ऋणी खडा गरी कानूनको बर्खीलाप हुने गरी कर्जा दिने गरेको खुलासा भएको छ । कतिपय वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वित्तीय संस्थाको व्यवस्थापनले कर्जाबाट व्यवसाय सञ्चालन हुने सुनिश्चितता नगरी र धितो जमानतको उचित प्रबन्ध नगरी गलत मूल्याङ्कन गरेर ऋणको अपचलन गर्ने गरेको पाइएको महालेखापरीक्षकले सार्वजनिक गरेको ५७ औ प्रतिवेदनमा उल्लेख छ ।
बैंकका उच्च व्यवस्थापनले कर्जाबाट व्यवसाय सञ्चालन हुने सुनिश्चितता नगरी तथा धितो जमानतको उचित प्रबन्ध नगरी गलत मूल्यांकनमा कर्जा प्रवाह गरेको देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी आपसी मिलोमतोमा नै कृत्रिम ऋणी खडा गरी ऋण दिने गरेकाे पाइएको भन्दै महालेखा परीक्षकद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘कतिपयमा व्यवस्थापकले प्रयोग गर्ने गरी कर्जा प्रवाह भएको देखिन्छ ।’
त्यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा समेत निक्षेपमा प्रचलित दरभन्दा बढीको ब्याज दिएका छन् । सार्वजनिक प्रतिवेदन अनुसार बैंकहरुले तोकिएको समयमा प्राप्त नभएको साँवा तथा ब्याज खराब ऋणीबाट रकम असुल गरेका छैनन् भने असल ऋणीलाई उचित समयको मौका नदिई तत्काल धितो बिक्री गरी ऋण असुल गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण