कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा
भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ । एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ ।
घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार अनुसार चिट्ठा जित्ने ती व्यक्तिले उक्त टिकट मिशिगनस्थित बीपी ग्यास स्टेशनमा खरिद गरेका हुन् । ती व्यक्तिले आफ्नो परिचय लुकाउन चाहेका छन् ।
‘मेरी श्रीमतीको ट्रकको टायरमा हावा भर्नका लागि मलाई खुद्रा पैसा चाहिएको थियो,’ ५७ वर्षे ती व्यक्तिले भने । ‘पैसा साट्ने हिसाबले मैले १० डलर पर्ने लक्की सेभेनको टिकट किनेँ । टिकट बेच्ने कर्मचारीले मलाई गल्तीपूर्वक २० डलर पर्ने टिकट दिए,’ उनले भने ।
‘ती कर्मचारीले टिकट सादिदिने बताए तर पछाडिबाट कसैले टिकट नसाट्न र आफैंसँग राख्न सुझाए । मलाई खुसी लागेको छ कि मैले उनको सल्लाह मानेँ ।’
चिट्ठाको परिणाम मंगलबार घोषणा गरिएको हो । जसमा यी व्यक्तिले दुई मिलियन डलर अर्थात् २४ करोडको नगद जिते ।
जितेको पैसाले के गर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म एउटा घर किन्छु र बाँकी रकम भविष्यका लागि जोगाएर राख्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण