लमजुङमा क्वारेन्टिनमा बसिरहेका युवकले गरे आत्महत्या
–सौगात पोखरेल
लमजुङ । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९ गिलुङ रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।
लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका थिए । उनले गिलुङमा रहेको वुद्धोदय माविको क्वारेन्टाइनमा आत्महत्या गरेका हुन् । उक्त क्वारेन्टिनमा उनी एक्लै भएका कारण आत्महत्याको कारण पत्ता लाग्न नसकेको शर्माले बताए । शर्माकाअनुसार शुक्रबार बिहान प्रहरीहरु उनको अवस्था बुझ्न जाँदा घर्ती मृत अवस्थामा भेटिएका थिए ।
मृतकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लमजुङ सदरमुकाम ल्याएर पोष्टमार्टम गर्ने तयारी गरिरहेको शर्माले बताए । मृतक घर्तीले गाउँलेसँग क्वारेन्टिनमा भन्दा गोठमा बस्छु भनेर अनुरोध गरेको कुरा पनि सुन्नमा आएको बुझिएको शर्माले जानकारी दिए ।
घर्तीको यसअघि स्वाब परीक्षण नगरिएका कारण शुक्रबार नै स्वाब निकालेर परिक्षणका लागि पोखरा पठाउने तयारी गरिएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण