३२ वर्षका मराठी अभिनेताद्वारा आत्महत्या
मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनकारी दिएका छन् । उनी ३२ वर्षका थिए । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रिमा आशुतोषको निधनले शोकको लहर छाएको छ ।
आशुतोषको अचानक मृत्यु भएको खबर उनका प्रशंसक शोकमा छन् । उनले आत्महत्या गर्नुको कारण पनि खुल्न सकेको छैन ।
आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् थिए । २१ जनवरी २०१६ मा मयुरी र आशुतोष विवाह बन्धनमा बाँधिएका थिए ।
चर्चित अभिनेता थिए आशुतोषः
आशुतोष इन्डिष्ट्रिमा निकै चर्चित थिए । उनले Ecchar Tharla Pakka नामको फिल्ममा काम गरेका थिए । यो फिल्म असाध्यै चर्चित भएको थियो । मयुरी पनि मराठी इन्डष्ट्रिकी चर्चित नायिका हन् । उनले Khulta Kali Khulena बाट घर–घरमा पहिचान पाइन् । दुबैको अभिनय असाध्यै रुचाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण