रौतहटमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु
रौतहट । रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ । गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय एक महिला र दुईवटा साँढेको मृत्यु भएको हो ।
स्थानीय पत्रकार आरएन साहकाअनुसार बिहान ७ बजे वर्षासँगै आएको हावाहुरीले कबिर चोकमा एउटा विद्युतको पोल ढलेको थियो । पोल ढल्दा सोही स्थानमा रहेको एउटा साँढेको शरीरमा विद्युतको तारले छोएपछि करेन्ट लागेर घटनास्थलमै उक्त साँढेको मृत्यु भएको थियो ।
नजिकै रहेको अर्को साँढे पनि सो स्थानमा पुग्दा उसलाई पनि करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको पत्रकार साहले बताए । सोही समय घरबाट बजारतर्फ गइरहेकी गौर नगरपालिका–४ की ७० वर्षीय शान्तिदेवीले भुइँमा लत्रिएको विद्युतको तारमा टेक्दा उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण