रौतहटको समुदायमा कोरोना, सजग रहन स्थानीय प्रशासनको आग्रह
रौतहट । रौतहटको समुदायस्तरमा कोरोना भाईरसको संक्रमण छिरेपछि स्थानिय प्रशासनले सजग रहन सबैलाई आग्रह गरेको छ । संक्रमितको कन्टेक्ट ट्रेसिंगपछि समुदायका आधा दर्जन मानिसमा कोरोना भाईरसको संक्रमण पुष्टीसँगै सजगता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
मंगलवार विभिन्न अस्पतालबाट आएको पिसिआर जाँचको रिपोर्टमा राजदेवी नगरपालिकामा ४ जना, गौरमा १ जना र चन्द्रपुर नगरपालिकामा एकजना गरी समुदायका ६ जना मानिसमा कोरोना पुष्टी भएको हो । यसरी समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण पुष्टी भएपछी सिडिओ बाशुदेव घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, १२ वर्ष मुनि तथा ६० वर्ष माथिका मानिस घरभित्रै रहन आग्रह गरेका छन् ।
त्यसैगरी स्वास्थ सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै नियमित रुपमा साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म हात धुन, २ मिटर सामाजिक दुरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण