बारा र पर्सामा सेना-प्रहरीसहित थप १३२ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, कैदीबन्दी सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा १ सय ६ जना पुरूष र २६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षका बालकदेखि ७४ वर्षका पुरुष रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार बुधबार बिहान संक्रमण पुष्टि भएका १ सय ३२ जनामा वीरगन्ज ब्यारेकका २२ बर्षका १ जना र २३ वर्षका २ नेपाली सेना, पर्सा वीरगन्ज कारागारका २७ कैदीबन्दी, ५ वर्षका बालकदेखि ६० वर्षका २० जना पुरुष र २३ वर्षकी युवतीदेखि ६० वर्षकी महिला समेत रहेकी छिन् ।
त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ७ जना पुरुष र २ जना महिला, वीरगन्ज महानगरपालिकाका– १० का ६ जना पुरुष र ३ जना महिला, वीरगन्ज महानगरपालिकाका–१ छपकैयाका १ जना ५३ वर्षका पुरुष र १ जना ५० वर्षकी महिला, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका १९, ४२,४४ वर्षका ३ जना प्रहरी, वीरगन्ज भन्सार कार्यालयमा कार्यरत २८, ३०, ३५ वर्षका ३ जना सशस्त्र प्रहरी र पर्सा जिल्लामा रहेको वडा प्रहरी कार्यालय वीर्तामा कार्यरत २८ वर्षका १ जना प्रहरी रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ८ वर्षीय बालक र ७२ वर्षका पुरुषसहित ५७ जना, पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ का २२ वर्षका १ पुरुष , जिराभवानी गाँउपालिका वडा नम्बर ३ का २२ वर्षका १ पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए । त्यसैगरी बाराका २३ वर्षकी युवतीदेखि ६८ वर्षका बृद्ध पुरुषसहित १७ जनामा संक्रमण भएको मेसु उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण