शिक्षण संस्था खोल्न फेरि अन्योल
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुगेको छ ।
मन्त्रालय पनि माथिल्लो तहसित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसकिने बताए । उनले स्थानीय तहबाट यस खालको प्रस्तावसमेत आएको छैन भनी स्पष्ट पारे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका केही निर्णय उल्टिएपछि अब विद्यालय सञ्चालनको निर्णय गर्न माथिल्लो निकायको आदेश कुर्ने कि भन्ने हिसाबले मन्त्रालयका सम्बन्धित अधिकारी छलफलमा जुटेका छन् । यसअघि मन्त्रालयले गत चैत ४ गते स्वास्थ्य सुरक्षामा ध्यान दिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निर्णय गरेको थियो ।
चैत ५ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा रोक्ने निर्णय गरेपछि परीक्षा सञ्चालन हुन सकेन । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण