नयाँ फर्म दर्ताको काम बन्द, नवीकरण दैनिक २० वटा मात्रै
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सेवालाई आंशिक रुपमा बन्द गरेको छ । संक्रमणको जोखिम बढेसँगै विभागले नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता कार्यहरु, अत्यावश्यकबाहेक अन्य व्यापारमूलक प्रकृतिका फर्मको इजाजत दिने कार्यहरु बन्द गरेको हो । आइतबारदेखि लागु भएको सो नियम आगामी भदौ ८ गतेसम्म जारी रहनेछ ।
नयाँ इजाजत तथा दर्ता बन्द गरे पनि विभागले दैनिक २० वटाको दरले नवीकरण, संशोधन तथा खारेजीको काम भने गर्नसक्ने जनाएको छ । ती सेवाहरुका लागि सुरुमा अनलाइनबाटै निवेदन दिनुपर्ने र अनलाइनबाट पेश भएको निवेदन स्वीकृत भएपछि मात्रै कार्यालयमा आउनुपर्ने विभागले स्पष्ठ पारको छ । विभागले एजेन्सीहरुको नवीकरण कार्यालाई पनि आंशिक सञ्चालनको सूचीमै राखेको छ ।
यद्यपि बजार अनुगमन, आयात निर्यात अनुमति इजाजतपत्रसम्बन्धि कार्य तथा मुद्दासम्बन्धी सेवाहरु भने नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।
विभागमा प्रवक्ता रबीन्द्र आचार्यले भौतिक रुपमा उपस्थित भएरै गर्नुपर्ने र धेरै समय लाग्ने कार्यलाई स्थगित गरेर अत्यावश्यक कार्यालय सूचारु गर्नेगरी व्यवस्थापन सेवालाई आंशिक रुपमा स्थगित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
-
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण